Skip to content
LAXMI SUNRISE BANK

नेप्सेले भन्यो- ‘समस्या समाधान भइसक्यो, कारोबार नियमित हुन्छ’, आईटी विज्ञ भन्छन्- ‘जोखिम टरेको छैन’

अर्थ सरोकार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिस्टममा देखिएको समस्या समाधान भइसकेको जनाएको छ । एक सूचना जारी गर्दै नेप्सेले समस्या समाधान भएको जनाएको हो । 

७२ ब्रोकर कम्पनीहरुको डाटा सेन्टरको रुपमा रहेको डाटा हब प्रा.लि.मा देखिएको प्राविधिक समस्या समाधान भइसकेकोले कारोबार नियमित हुने पनि नेप्सेले भनेको छ । 

‘नेपाल स्टक एक्सचेन्ज लिमिटेडका ७२ कारोबार सदस्यहरुका डाटा सेन्टरको रूपमा रहेको डाटा हब प्रा.लि.मा देखिएको प्राविधिक समस्या समाधान भएको जानकारी प्राप्त भएको हुँदा आज मिति २०८३/६/६ देखि नेप्सेमा पूर्ववत् कारोबार संचालन हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछौँ ।’, नेप्सेको सूचनामा उल्लेख छ ।

तर, नेप्सेले समस्या समाधान भइसकेको दाबी गरे पछि यो घटना सामान्य प्राविधिक समस्या नभएर ह्याकिङसँग सम्बन्धित भएकाले सिस्टममा जुनसुकै बेला समस्या आउनसक्ने जोखिम रहेको आईटी विज्ञहरुले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK