Skip to content
LAXMI SUNRISE BANK

रसुवा बाढीपीडितलाई प्रभु बैंकको थप राहत, एक-एक सय टेन्ट र स्लिपिङ ब्याग हस्तान्तरण

अर्थ सरोकार

काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारका लागि प्रभु बैंक लिमिटेडले थप राहत सामग्री उपलब्ध गराएको छ ।

बैंकले भदौ २५ गते जिल्ला प्रशासन कार्यालय, नुवाकोटमार्फत बाढीपीडितलाई वितरण गर्ने गरी १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग हस्तान्तरण गरेको हो ।

राहत सामग्री हस्तान्तरण कार्यक्रममा प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापक दीपेन्द्र बाबु विष्टले जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

यसअघि पनि प्रभु बैंकले विपद् प्रभावितको सहयोगका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको थियो ।

बैंकले अकल्पनीय विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पर्कविहीन व्यक्तिको शीघ्र उद्धार तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, प्रभावित समुदायप्रति बैंकले गहिरो समवेदना व्यक्त गरेको जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK