काठमाडौँ । बाढी प्रभावित क्षेत्रको बीमा दाबी भुक्तानी सहज बनाउन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निर्देशन दिएका छन् । बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा भएको उच्चस्तरीय छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले बाढीका कारण भएको क्षतिपछि बीमा दाबीको भुक्तानी सरल र सहज बनाउन निर्देशन दिएका हुन् ।
बाढीका कारण देश नै शोकमा डुबेको बेला सबैजना हातेमालो गर्दै सरल र सहज बीमा दाबी भुक्तानी गरेर पीडितको क्षतिमा मल्हम लगाउन पनि आग्रह गरेका छन् ।
बीमा दाबी भुक्तानी सहज बनाउन निर्देशन दिँदै अर्थमन्त्री वाग्लेले बीमा कम्पनीहरुलाई कुनै समस्या भए वा सरकारले गर्नुपर्ने केही भए सरकार सहयोग गर्न तयार रहेको पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।
बाढीका कारण निजी सम्पत्तिसँगै जलविद्युत आयोजना तथा सार्वजनिक पूर्वाधारमा पनि ठूलो क्षति पुगेको छ । हालसम्म प्राप्त विवरण अनुसार बाढीपछि कुल ५ सय ८३ बीमा दाबी परेका छन् । यी दाबीहरुको कुल अनुमानित रकम २५ अर्ब ८७ करोड रुपैयाँ रहेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
त्यस्तै, उक्त उच्चस्तरीय छलफलले ठूला तथा प्रारम्भिक क्षतिको दाबी भुक्तानीलाई प्राथमिकतामा राखेर बीमा दाबी भुक्तानीलाई सहज बनाउन कदम चाल्ने निर्णय गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्