काठमाडौँ। कल्पना गर्नुहोस् त तपाईंले वर्षौं लगाएर बैंकमा जम्मा गरेको पैसा तपाईंलाई थाहा नै नदिई ५ सेकेन्डमै अर्कैले चोरेर लग्यो भने के हुन्छ ? तपाईंले सुरक्षित छ भनेर पैसा राखेको तपाईंको बैंक खाता तपाईंलाई थाहा नै नदिई रित्तियो भने के हुन्छ ? अव तपाईंलाई लाग्न सक्छ, ‘यस्तो पनि हुन्छ ?’ हुन्छ मात्र होइन, धेरैको भएको छ । तपाईंलाई थाहा नै नदिई, क्षणभरमै सबै पैसा स्वाहा ! सतर्क नबने तपाईंको बैंक खाता पनि रित्तिन सक्छ ।
सुन्दा कुनै फिल्मको कहानीजस्तो लागे पनि अहिले धेरै बैंक खाता यसरी नै रित्तिएर धेरै जना पीडामा छन् । पछिल्लो समय बैंकका कर्मचारी बनेर फोन गर्ने, खाता बन्द हुन लागेको छ भन्दै डर देखाउने, केवाइसी अपडेटको नाममा लिंक पठाउने र आकर्षक अफरको लोभ देखाएर ओटिपी, पिन, पासवर्ड र बैंकिङ विवरण माग्ने घटनाहरू धेरै नै बढ्दै गइरहेको छ। र यस्तै एउटा थप घटना सार्वजनिक भएको छ । सामाजिक संजालमा बैंकको सिस्टम अपडेट गर्ने बहानामा एक व्यक्तिको बैंक खाताबाट करिब ९३ हजार ठगी भएको घटना बाहिर आएको छ।
हेर्नुहोस् ट्रानजेक्सनको विवरण:

सामाजिक सञ्जालमार्फत प्राप्त जानकारी अनुसार पीडितको मोबाइलमा बेलुका करिब साढे ५ बजे सिस्टम अपडेट सम्बन्धी सूचना आएको थियो। उक्त सूचनामा मोबाइल बैंकिङ आईडी, पासवर्ड, मोबाइल नम्बर तथा ट्रान्जेक्सन पिनलगायतका गोप्य विवरण प्रविष्ट गर्न भनिएको थियो। बैंकको आधिकारिक सूचना ठानेर ती विवरणहरू प्रविष्ट गरेपछि पीडितको मोबाइल करिब १५ मिनेटसम्म अफ भयो। १५ मिनेटपछि मोबाइल पुन: सञ्चालनमा आयो, तर फोन अन भएपछि बैंक खातामा रहेको करिब रु ९३ हजार रकम गायब भएको थाहा भयो। आफु ठगीको सिकार भएको थाहा पाएपछि सो व्यक्तिले सामाजिक संजालमा आफु ठगिएको गुनासो गरेका छन् ।
हेर्नुहोस् ट्रानजेक्सनको विवरण:

हो, यस्तो घटना पछिल्लो समय धेरै नै बढ्दै गएका छन्। अर्थसरोकार डटकममा पनि पछिल्लो समय बैंक खाता रित्तियो, म ठगिए, लिंक क्लिक गर्दा आफै फोन अफ भयो, फोन अन हुँदा खाताबाट पैसा गायब भयो भन्ने जस्ता गुनासोहरू धेरै नै आउन थालेका छन् । सामाजिक संजालमा पनि यस्ता घटनाहरू धेरै नै छन्। नेपाल प्रहरीले पनि बैंक तथा वित्तीय संस्थाका नाममा आउने फोन तथा अनलाइन ठगीका घटना बढ्दै गएकाले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरिरहेको छ।
बैंकका कर्मचारी हो भन्दै फोन गर्ने व्यक्तिले केवाइसी अपडेट, खाता नवीकरण वा अन्य कुनै प्रक्रियाका नाममा ओटिपी, पासवर्ड, एटीएम-कार्डको पिन, मोबाइल बैंकिङको पासवर्ड वा अन्य संवेदनशील विवरण मागेमा त्यस्ता विवरण उपलब्ध नगराउन प्रहरीले पटक पटक आग्रह गरिरहेको छ।
प्रहरीले सार्वजनिक गरेको सूचना:

डिजिटल बैंकिङ ठगी गर्नेहरूले प्रविधिसँगै मानिसको मनोविज्ञान पनि प्रयोग गर्ने गर्छन्, उनीहरूलाई थाहा हुन्छ, मानिसलाई डर र लोभ देखाइयो भने छिटो प्रतिक्रिया दिने गर्छन्, त्यसैले तपाईंको खाता बन्द हुँदैछ, तपाईंको कार्ड ब्लक हुँदैछ, तपाईंले पुरस्कार जित्नुभएको छ, तपाईंको खातामा बोनस आएको छ, तपाईंलाई विशेष ऋण सुविधा उपलब्ध भएको छ र तपाईं लखपति बन्नु भएको छ भन्ने जस्ता प्रलोभन देखाएर फोन वा मेसेज आउने गर्छ, यदि यस्तो मेसेज वा फोन आइहालेमा हतारमा निर्णय नलिनुहोला, यस्तो फोन आएमा पहिला तपाईंले बैंकको आधिकारिक वेबसाइट वा आधिकारिक सम्पर्क माध्यमबाट बैंकसँग सम्पर्क गरी उक्त सूचना वास्तविक हो वा होइन भन्ने पुष्टि गर्नुहोला।
बैंकिङ ठगीमा सर्वसाधारण मात्र नभई ठूला बैंक तथा वित्तीय संस्था पनि जोखिममा पर्न सक्छन्। हो, बैंकिङ ठगीमा पछिल्लो समय इटालीको ठूलो बैंक इन्टेसा सानपाओलो पनि एआईबाट बनाइएको नक्कली आवाजको सिकारमा परेर ठगिएको छ, सो बैंकको शाखाबाट ९ करोड ५० लाख युरो अर्थात् करिब १६ अर्ब ५८ करोड रुपैयाँ बढी चोरी भएको पाइएको छ । ठगी भएको रकममध्ये आधाभन्दा बढी फिर्ता भइसके पनि करिब ३ करोड ६० लाख युरो भने अझै फिर्ता हुन बाँकी रहेको इटाली संचार माध्यमहरूले जनाएका छन्। ठगी गर्ने व्यक्तिले तपाईंको पैसा चोर्नुअघि तपाईंको विश्वास जित्ने खोज्छ । उसको भाषा नम्र हुन सक्छ, आवाज विश्वसनीय हुन सक्छ, उसले बैंकको नाम सही रूपमा भन्न सक्छ, तपाईंको केही व्यक्तिगत विवरणसमेत थाहा पाउन सक्छ। तर त्यसको अर्थ ऊ वास्तविक बैंक कर्मचारी नै हो भन्ने हुँदैन।
इटाली संचार माध्यमहरूले सर्वाजनिक गरेको सूचना:

त्यसैले आवाज चिनेको जस्तो लागेर, नाम थाहा पाएर वा बैंकको लोगो देखेर मात्र विश्वास नगर्नुहोला, पहिला पुष्टि गर्नुहोस्, सोच्नुहोस् र त्यसपछि मात्र कदम चाल्नुहोस्, एक क्लिकले हाम्रो काम सजिलो बनाउन सक्छ, तर गलत क्लिकले ठूलो जोखिम निम्त्याउन सक्छ। एउटा इत्ए ले कारोबार सुरक्षित गर्न सक्छ, तर त्यही इत्ए गलत व्यक्तिलाई दिइयो भने समस्या आउन सक्छ। त्यसैले प्रविधिलाई दोष दिनुभन्दा पहिले हामीले त्यसको सुरक्षित प्रयोग सिक्नुपर्छ।
पैसा पठाउन, बिल तिर्न, किनमेल गर्न तथा अन्य आर्थिक कारोबार गर्न डिजिटल माध्यमले सहज बनाएको छ। तर, सुविधा बढेसँगै जोखिम पनि बढेको छ। त्यसैले डिजिटल बैंकिङ प्रयोग गर्दा सुविधा मात्र होइन, सुरक्षालाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने हुन्छ, केही क्षणको लापरबाहीका कारण वर्षौंको मेहनतबाट जम्मा गरेको रकम गुम्न सक्ने भएकाले कुनै पनि अपरिचित लिंक, अफर वा सन्देशमा विश्वास गर्नुअघि दुई पटक होइन हजारौं पटक सोच्ने बानी बसाल्नुहोला। भिडिओसहित:
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्