काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । बैंकको २०औँ साधारणसभा असोज २६ गते सोमबार कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको हो ।
उक्त साधारणसभाले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस सेयर र नगद लाभांशको कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित पेश भएका सम्पूर्ण प्रस्तावहरु पारित गरेको छ ।
उक्त साधारणसभाबाट विकास बैंकको आ.व. २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको विकास बैंकको २०८३ असार मसान्तको वासलात, आ.व. २०८२/८३ को नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँड हिसाब, इक्वीटिमा भएको परिवर्तन लगायत सो सँग सम्बन्धित अनुसूचीहरु पारित गर्ने तथा आ.व.२०८३/८४ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पारित भएका छन् ।
हाल विकास बैंकको चुक्ता पूँजी रु.६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ र पैसा २२ रहेकोमा यस वार्षिक साधारणसभाबाट पारित भएको १० प्रतिशत बोनस शेयर वितरण पश्चात विकास बैंकको जारी तथा चुक्ता पुँजी रु.६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २ सय ३ र पैसा ९४ पुग्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्