Skip to content
LAXMI SUNRISE BANK

पक्राउ पूर्जी जारी भएपछि भागेका प्रभु बैंकका सीइओ र ठगी काण्डबारे थप ५ अपडेट, १० जानकारी 

अर्थ सरोकार

काठमाडौँ । प्रभु बैंकका सिइओ सुमन शर्माविरुद्ध फौजदारी मुद्धा दर्ता भएको छ । पक्राउ पूर्जी जारी भएपछि अहिले उनी फरार छन् । उनी कहाँ छन्, के गर्दै छन्, कहाँ बसेका छन् भन्ने विषय बैंकमा राज रिमाल, र अर्का एक कर्मचारी, परिवारमा उनकी श्रीमती, र राष्ट्र बैंकमा २ जना हाकिमलाई मात्र थाहा छ ।

सुमन शर्माविरुद्ध पक्राउ पूर्जी जारी भएपछिका थप ११ जानकारी
१. परिवारमा आफ्नी श्रीमतीबाहेक उनी अरुसँग सम्पर्कमा छैनन् । यो कुरा उनीबारे सबै अपडेट भएका प्रभु बैंकका उच्च कर्मचारीले जानकारी दिएका हुन् ।

२. बैंकमा २ जनालाई मात्र आफ्नो ‘लफडा’बारे भनेर हिँडेका छन् । सिनियर डेपुटी सीइओ राज रिमाल र रविन्द्र ढकालबाहेक अरुलाई यस विषयमा कुनै पनि जानकारी छैन ।

३. काठमाडौँबाट भागेर हिंड्दासम्म उनले बैंकर्स संघलाई यस विषयमा औपचारिक जानकारी गराएका छैनन् । एचआरलाई ‘फोर्स लिभ’को इमेल लेख्न लगाएर उनले काठमाडौँ छाडिसकेका छन् । तर अनौपचारिक रुपमा केहि दिन अगाडी नै बैंकमा यस विषयमा हल्ला भईसकेको थियो ।

४. कार्यवहाक जिम्मेवारी रिमाल राज लाई दिएर हिँडेका उनी सोमबार अदालत प्रस्तुत हुने तयारीमा छन् । उनीसँगै उनका वकिल पनि छन् ।

५. उनी पर्सामा बस्ने तयारी भए पनि, उनी पर्सामा रहेको खबर चौतर्फी आएपछि उनले लुकेर बस्ने ठाउँ परिवर्तन गरेका छन् । प्रहरीको भाषामा यसलाई ‘सेल्टर चेन्ज’ गरेको भनिन्छ ।  उनको सामाजिक संजालसमेत बन्द भएको छ ।

६. प्रहरी स्रोतका अनुसार उनको अन्तिम लोकेसन काठमाडौँ नै देखिन्छ । तर पर्सा पुगे, काठमाडौँमै छन्, वा उनी पर्साको बाटो हुँदै पारी भारत पुगेर बसेका छन् भन्ने यकिन भएको छैन । तर प्रहरीले यी तिनै कुरा शंका गरेको छ ।

७. सोमबार अदालत उपस्थित हुने तयारी गरेका उनले आफ्ना मान्छे लगाएर जाहेरवाला ऋणीहरुसँग पनि सम्बाद थालेका छन् । यद्यपी पीडीतहरुले भने सो छलफल व्यक्तिगत भएको दाबी गरेका छन् ।

८. सोमबार अदालतमा आत्मसमर्पण गरेपछि थुनछेक बहस हुन्छ । थुनछेक बहसमा धरौटी खुल्यो भने उनी धरौटी तिरेर रिहा हुनेछन् । उनले धरौटी तिर्नका लागि बैंक ग्यारेन्टीको जोहो गर्न बैंकका उनी निकटका कर्मचारीलाई भनिसकेका छन् ।

९. कथम कदाजित उनको धरौटी खुलेन भने उनी पूर्पक्षका लागि कारागार जानेछन् । बहस सकिएन भने उनलाई प्रहरीले हिरासतमै राख्नेछ । यद्यपी चोर, डाकाहरुसँग हिरासतमा सँगै बस्नुनपर्ने गरी उनी बिरामी रहेको दाबीसहित अस्पताल बस्न पाउनेछन् । यसको व्यवस्था गर्न पनि उनले सुरुमै बैंकका एक सिनियर हाकिमलाई भनिसकेका थिए ।

१०.  उनी काठमाडौँबाट भाग्ने बेलामा नै तयारी गरेर भागेका थिए । अरुलाई फोर्स लिभ भनेपनि आफ्ना २ सहकर्मीहरुलाई उनले ‘सबै मिलाएर आउँछु’ भनेका छन् । असोज २ गते पक्राउ पूर्जी जारी भएका उनी १३ गतेसम्म यस बारे कसैले नलेखेपछि मिडियाले थाहा नै पाउँदैनन् भन्ने भ्रममा थिए । मिडियामा यस बारे आएपछि उनका परिवार, आफन्त र बैंकरहरुको चासो बढेको छ ।

५ अपडेट
१. प्रभु बैंकका सीइओ विरुद्ध पक्राउ पूर्जी जारी भएर उनलाई प्रहरीले खोजिरहेको अवस्थामा पनि बैंकर्स संघ किन बोलेन भन्ने प्रश्न उठेको छ । तर बैंकर्स संघ नै यस विषयमा अलमलमा छ । उनले संघलाई औपचारिक जानकारी गराएका छैनन् । घटनाको विस्तृत नालीबेली बैंकरहरुले पनि समाचार पढेर मात्र थाहा पाईरहेका छन् । त्यसैले तत्काल यो विषयमा संघ बोल्ने स्थिति छैन ।

२. बैंकमा उनी अव सीइओ रहनुहुँदैन भन्ने कुरा बलियो बन्दै गएको छ । सीइओका रुपमा जनक शर्मा पौडेललाई अगाडी सारिएको भए पनि उनी स्ट्याण्डर्ड चार्टर्ड बैंकमा संचालक रहेकोले तत्काल त्यो सम्भावना छैन । तर, ६ महिनासम्म काबाको जिम्मेवारी कसैलाई दिएर उनलाई नै ल्याउन मिलिहाल्छ नि भन्ने तर्क पनि उठेको छ । जवकि कानुनअनुसार भने ३ महिनाभन्दा बढी समय सीइओ खाली राख्न पाइन्न । पौडेलको नमिलेपछि सुमन पोखरेलको नाम पनि छलफलको विषय बनेको छ । तर, न पोखरेललाई यस विषयमा जानकारी दिईएको छ, न उनी आउँने सम्भावना नै छ ।

३. बैंकमा नयाँ सीइओ आउने भएपछि बरिष्टताका आधारमा राज रिमाललाई सीइओ बनाउने विषय पनि उठेको छ । तर उनी १० वर्ष बैंकिङमा ग्याप भएका व्यक्ति भएकाले सो जिम्मेवारी तत्काल दिन नहुने मत बलियो बनेको छ । यसो त निरज लम्सालले पनि सीइओ बनाए आफु तयार भएको छनक दिईसकेका छन् । सुमन शर्मा हटेको खण्डमा कारवाही गरेर सरुवा गरिएका रमेश श्रेष्ठलाई काठमाडौँ बोलाउने र उनलाई डेपुटी सीइओको जिम्मेवारी दिनेसम्मको कुरा उठेको छ । तर यसमा बैंककै ३ उच्च अधिकारी र २ संचालकले आपत्ति जनाएको बुझिएको छ ।

४. राष्ट्र बैंकले सकेसम्म सीइओ सुमन शर्मालाई जोगाउन खोजेको देखिन्छ । यसरी प्रहरी कार्यालयबाट सीइओहरुमाथि मुद्धा जानु हुँदैन भन्ने कुरामा राष्ट्र बैंकको जोड देखिन्छ ।  यसका लागि राष्ट्र बैंकले विभिन्न निकायहरुसँग छलफलसमेत थाल्ने तयारी गरेको छ । यसरी नै सीइओहरु समातिने हो भने कुनै पनि बैंकका सीइओ कुनै पनि बेला पक्राउ पर्ने सम्भावनाबारे राष्ट्र बैंक चिन्तित छ । यस अर्थमा पनि सुमन शर्मा फेरी बैंकको सीइओ भएर प्रभुमै फर्किने सम्भावाना उतिकै बलियो छ ।

५. सुमन शर्माविरुद्ध पर्सा जिल्ला अदालतमा मात्र होइन, अन्य अदालतमा पनि मुद्धा छन् । सर्वोच्चमा पनि उनी विरुद्ध अदालतकै मानहानीको मुद्धा छ । यसरी अरु कुन अदालतमा मुद्धा छ भन्ने विषयमा समेत बैंकले खोजी सुरु गरिसकेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK