Skip to content
LAXMI SUNRISE BANK

चितवनका सहकारी पीडित भेट्दै सहकारी मन्त्री प्रतिभा रावल

अर्थ सरोकार

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी पीडितसँग छलफल गर्ने भएकी छिन् । रावलले कात्तिक ९ गते (सोमबार) चितवनका सहकारी पीडितसँग छलफल गर्ने भएकी हुन् ।

चितवनमा सहकारी पीडितसँगै मन्त्री रावलले भूमिहीन तथा सुकुम्बासी नागरिकसँग पनि अन्तरक्रिया गर्ने तयारी छ ।

छलफलमा भूमिहीन तथा सुकुम्बासीका समस्या, सहकारी पीडितका गुनासो र भूमि व्यवस्थापन सम्बन्धी विषयमा छलफल हुने उनको सचिवालयले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK