काठमाडौँ । नागरिक लगानी कोष र एभरेस्ट अस्पतालबीच कोषका सहभागी, कर्मचारी, उनीहरूका आश्रित परिवार तथा सदस्यलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौता कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त पोखरेल र अस्पतालका स. प्रशासक यादवप्रसाद ढुंगानाले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार कोषसँग आबद्ध कर्मचारी, आश्रित परिवार तथा सदस्यले अस्पतालको बिल र परीक्षण सेवामा २० प्रतिशत तथा शल्यक्रिया कक्ष (ओटी) र फार्मेसीको बिलमा १० प्रतिशत छुट पाउनेछन् । बाह्य स्रोतबाट लिइने सेवा, चिकित्सकको परामर्श, एम्बुलेन्स शुल्क तथा उपकरणमा भने छुट योजना लागू हुने छैन ।
अस्पतालले कोषका सक्रिय सहभागीलाई एम्बुलेन्स सेवा, विशेष स्वास्थ्य प्याकेज तथा आवश्यकताअनुसार स्वास्थ्य शिविरसमेत सञ्चालन गर्नेछ । स्वास्थ्य शिविरमा सहभागी चिकित्सकका लागि आवश्यक प्रोत्साहनको व्यवस्था गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
कोषको परिचयपत्रका आधारमा कर्मचारी तथा सहभागीको पहिचान गरिनेछ । परिचयपत्र नभएका आश्रित परिवारका सदस्यको हकमा कोषले विवरण उपलब्ध गराउने वा अस्पताललाई अग्रिम जानकारी गराउने व्यवस्था छ । दुवै संस्थाले सेवाका क्रममा प्राप्त सूचना सुरक्षित र गोप्य राख्नुपर्ने पनि सम्झौतामा उल्लेख छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्