काठमाडौँ । ग्यास बिक्रेता महासंघ नेपालले नेपाल आयल निगमलाई ग्यासको खुद्रा बिक्री बन्द गर्न भनेको छ । ज्ञापन पत्र बुझाउँदै महासंघले निगमलाई ग्यासको खुद्रा बिक्री रोक्न भनेको हो ।
महासंघले उद्योगहरुबाट भइरहेको ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी डिलरमार्फत मात्र बिक्री वितरणको व्यवस्था मिलाउन पनि निगमको ध्यानाकर्षण गराएको छ ।
त्यस्तै, हाल बजारमा आवश्यकता भन्दै धेरै सिलिन्डर भएकै कारण ग्यास अभाव भएको भन्दै महासंघले उद्योगहरुबाट भइरहेको ग्यासको खुद्रा बिक्रीप्रति आपत्ति जनाएको छ ।
महासंघले ग्यास उद्योगहरुले २५ सयदेखि २७ सय रुपैयाँसम्म नयाँ सिलिन्डर बिक्री गर्दा पनि निगम र सरकार मूकदर्शक बनेको भन्दै उद्योगी, निगम र सरकारको कार्यशैलीप्रति संशय व्यक्त गरेको छ ।
त्यस्तै, महासंघले बजारमा रहेका अनावश्यक सिलिन्डरको धरौटी रकम फिर्ता गर्नुको साटो आगामी वर्षहरूमा आम उपभोक्तालाई लुट्ने उद्देश्यले ५ किलो, १९ किलो, ५० किलो र ४५० किलोका नयाँ सिलिन्डर बिक्री गर्ने योजना ल्याइएको भन्दै त्यस्तो योजना सभ्य समाजलाई स्वीकार्य नहुने महासंघले चेतावनी दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्