Skip to content
LAXMI SUNRISE BANK

दशैँमा महँगियो मासुः खसीको मासुको मूल्य ह्वात्तै बढ्यो, व्यवसायी मालामाल, उपभोक्ता मारमा !

अर्थ सरोकार

काठमाडौँ । यस वर्षको दशैँमा खसीको मासुको मूल्य ह्वात्तै बढेको छ । बाढीपहिरो, सडक अवरोध र ढुवानीमा समस्या देखाउँदै व्यवसायीले मासुको मूल्य बढाएका हुन् ।

काठमाडौँमा अहिले खसीको मासु प्रतिकिलो १ हजार ६०० देखि १ हजार ७०० रुपैयाँसम्म बिक्री भइरहेको छ । गत वर्षको दशैँमा यही मासुको मूल्य प्रतिकिलो १ हजार ३०० देखि १ हजार ४०० रुपैयाँसम्म थियो । यस वर्ष मासुको मूल्य प्रतिकिलो ३०० रुपैयाँसम्म बढेको छ ।

व्यवसायीका अनुसार बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा विभिन्न जिल्लाबाट खसीबोका काठमाडौँ ल्याउन कठिन भएको छ । ढुवानी खर्च बढ्नु र बजारमा आपूर्ति घट्नुले पनि मूल्य बढेको उनीहरूको भनाइ छ ।

कलंकी खसीबजारमा जिउँदो खसीबोकाको मूल्यसमेत प्रतिकिलो ७५० देखि ८५० रुपैयाँसम्म पुगेको छ । गत वर्षको दशैँमा जिउँदो खसीबोका प्रतिकिलो ६५० देखि ७०० रुपैयाँसम्ममा कारोबार भएको थियो ।

मूल्यवृद्धिका कारण दशैँमा मासु किन्ने उपभोक्ताको खर्च बढेको छ । बजारमा अस्वाभाविक मूल्यवृद्धि हुन नदिन सम्बन्धित निकायले प्रभावकारी अनुगमन गर्नुपर्ने आवश्यकता देखिएको छ । यता खसीबोकासँगै दशैँमा कुखुराको मासुको मूल्य पनि बढेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK