Skip to content
LAXMI SUNRISE BANK

उँधोगतिमा नेरुडे मिर्मिरे लघुवित्त, खराब कर्जा ह्वात्तै बढेपछि कम्पनी घाटामा, वित्तीय अवस्थाको हरिबिजोग !

अर्थ सरोकार

काठमाडौँ । नेरुडे लघुवित्त वित्तीय संस्था घाटामा गएको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी घाटामा गएको हो । 

समीक्षा अवधिमा कम्पनीले २ करोड ७९ लाख ९९ हजार रुपैयाँ घाटा (खुद नोक्सानी) व्यहोरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५ करोड ५३ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तको खराब कर्जा १५.७० प्रतिशतबाट बढेर २१.७३ प्रतिशत पुगेको छ । खराब कर्जा ह्वात्तै बढेपछि लघुवित्तले खराब कर्जाबापत १० करोड २७ लाख रुपैयाँ प्रोभिजनिङ गर्नुपरेको छ । यही कारण पहिलो त्रैमासमा लघुवित्त घाटामा गएको हो । 

लघुवित्तले प्रकाशित गरेको वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी पनि घटेर ४० करोड ३५ लाख रुपैयाँबाट २८ करोड ८९ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा पनि ३ करोड ६० लाख रुपैयाँ ऋणात्मक छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) पनि १५ रुपैयाँ ८४ पैसाबाट घटेर ८ रुपैयाँ ०१ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ४० पैसा छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK