काठमाडौँ । डिभी परेका तथा विभिन्न मुलुकको पीआर लिएका वा ग्रीन कार्ड पाएका नेपालीलाई निजामती सेवा प्रवेशमा निषेध गरिएको छ । संघीय संसदमा पेश भएको संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो ।
विधेयकको दफा १८ (२) (ग) मा विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएका व्यक्तिलाई नेपालमा निजामती सेवा प्रवेशमा रोक रोक लगाउने व्यवस्था गरिएको छ ।
सोही विधेयकको परिच्छेद-१ को दफा २ (ट) मा विदेशी मुलुकको डाइभरसिटी इमिग्रेन्ट भिसा (डिभी), पर्मानेन्ट रेजिडेन्ट (पीआर) र ग्रीनकार्डलाई स्थायी आवासीय अनुमतिका रुपमा व्याख्या गरेको छ । यस्तो अनुमति पाएकाहरु निजामती सेवामा प्रवेश गर्न पाउने छैनन् ।

त्यस्तै, उक्त विधेयकमा भ्रष्टाचार, सरकारी वा सार्वजनिक लिखत किर्ते, राष्ट्रहित विरुद्धको कसुर र लागु औषध कारोबारमा अदालतबाट कसुरदार ठहरिएका व्यक्तिलाई पनि निजामती सेवा प्रवेशमा रोक लगाइएको छ ।
अर्कोतर्फ सम्पत्ति शुद्धीकरण, पुरातात्त्विक वस्तु बेचबिखन, मानव बेचबिखन, अपहरण, शरीर बन्धक, जबरजस्ती करणी (बलात्कार), बहुविवाह, जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभावसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी अभियोगमा दोषी ठहर भएका व्यक्तिलाई पनि निजामती सेवाका लागि आवेदन दिन रोक लगाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्