Skip to content
LAXMI SUNRISE BANK

एनपीएलको टिकट बिक्री खुला, पहिलो खेलका सबै टिकट ‘सोल्ड आउट’ !

अर्थ सरोकार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को टिकट बिक्री खुला भएको छ । २६ अक्टोबरदेखि २१ नोभेम्बरसम्म सञ्चालन हुने एनपीएलको टिकट बिक्री शुक्रबारदेखि औपचारिक रुपमा खुला भएको हो । 

एनपीएलको पहिलो खेल सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच हुँदैछ । खेल कात्तिक दिउँसो ४ः३० बजेदेखि सुरु हुनेछ ।

टिकट बिक्री खुला भएको पहिलो दिन नै सबै टिकट ‘सोल्ड आउट’ भएका छन् । टेलिभिजनमा एनपीएल हिमालय स्पोट्समा हेर्न सकिनेछन भने मोबाइल तथा विश्वभरबाट ओटीटीमार्फत हेर्न ‘नेट टिभी’ एपमा हेर्न सकिनेछ ।

अन्तराष्ट्रिय स्तरमा भने टेलिभिजनमार्फत एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK