काठमाडौँ । फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा कटौती र आर्थिक असमानताविरुद्ध आन्दोलन चर्किएको छ । केही समयदेखि चलिरहेको प्रदर्शनले शनिबार झनै उग्र रुप लिएको हो ।
प्रदर्शन नियन्त्रण गर्न फ्रान्स सरकारले देशभर ७० हजार प्रहरी तथा सुरक्षाकर्मी परिचालन गरेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार राजधानी पेरिससहित विभिन्न सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको थियो ।
केही सहरमा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंको आर्थिक नीतिको विरोध गर्दै प्रदर्शनकारीले जीवनयापन खर्च नियन्त्रण गर्न र सार्वजनिक सेवामा कटौती रोक्न माग गरेका छन् ।
सुरक्षाका कारण पेरिसका २० भन्दा बढी मेट्रो स्टेसन तथा प्रमुख सांस्कृतिक स्थल बन्द गरिएका छन् । वामपन्थी नेता जाँ-लुक मेलँसोंले सरकारले जनताको माग सम्बोधन नगरे प्रदर्शन हरेक साता दोहोरिन सक्ने चेतावनी दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्