काठमाडौँ । पछिल्लो समय राइड सेयरिङ एपहरुले ग्राहकसँग चर्को शुल्क असुली गर्ने गरेको गुनासो बढ्दै गएको छ । छोटो दूरीको राइडमा पनि अत्याधिक महँगो शुल्क देखाउने र एपमा एउटा भाडादर देखाएर गन्तव्यमा पुगेपछि अतिरिक्त शुल्क लिने गर्न थालेपछि इन्ड्राइभ, याङ्गो लगायतका राइड सेयरिङ एपविरुद्ध ग्राहकको गुनासो बढेको हो ।
अर्कोतर्फ चाडपर्वको मौकामा इन्ड्राइभ र याङ्गोले सेवा शुल्क ह्वात्तै बढाएका छन् । चाडपर्व र यात्रुको चाप अत्याधिक भएका बेला शुल्क केही महँगो हुने गरे पनि यी राइड सेयरिङ एपले भने सामान्य अवस्थामा पनि शुल्क बढाएको यात्रुहरुको आरोप छ ।
यसो त हाल काठमाडौँमा सञ्चालन भइरहेको इन्ड्राइभ र याङ्गोले ‘रेट’ ह्वात्तै बढाएका छन् । कोटेश्वरदेखि गोंगबु बसपार्क पुग्न याङ्गोले २ सय ७० रुपैयाँ शुल्क तोकेको छ । त्यहीँ इन्ड्राइमा उक्त रुटको भाडादर ३ सय १० रुपैयाँ तोकिएको छ । यो मात्र होइन, यी राइड सेयरिङ एपले दशैँको मौकामा भाडादर अस्वभाविक रुपमा वृद्धि गरेको पनि यात्रुहरुको गुनासो छ ।
यता सोही रुटमा पठाओले २ सय २५ रुपैयाँ भाडादर तोकेको छ ।
पठाओको सेवा सरकारले तोकेकै भाडादरमा
यता पठाओले भने चाडपर्वका बेलामा सरकारले तोकेकै भाडादरमा सेवा सञ्चालन गरेको बताएको छ । विशेषगरी ट्याक्सी सेवामा सरकारले तोकेकै भाडादर लागू गरिएको पठाओको भनाई छ ।
यसै पनि पछिल्लो समय याङ्गो र इन्ड्राइभ लगायतका राइड सेयरिङ एपहरुले चाडपर्वका बेला अस्वभाविक भाडादर वृद्धि गरे पनि पठाओले नियमित सरह सेवा दिइरहेको ग्राहकहरुको प्रतिक्रिया छ ।
यसरी चाडपर्वको बेला पठाओले सरकारले तोकेकै भाडादरमा सेवा सञ्चालन गरिरहेको बेला अन्य राइड सेयरिङ एपले मनपरी शुल्क असुली गर्दा पनि नियमन गर्ने निकाय भने मुकदर्शक बनेका छन् । यसले यात्रु थप मर्कामा परेका छन् भने राइड सेयरिङ एप र राइडरको मनपरी पनि बढ्दै गएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्