Skip to content
LAXMI SUNRISE BANK

श्री एयरलाइन्सका कर्मचारीले फुटाए यात्रुको ‘लगेज’, फुटाउनेले भने- ‘क्षतिपूर्ति दिन्छौँ’, कम्पनीले भन्यो- ‘दिँदैनौँ’

अर्थ सरोकार

काठमाडौँ । श्री एयरलाइन्सका कर्मचारीले यात्रुको लगेज फुटाइदिएका छन् । धनगढीदेखि काठमाडौँ आउँदै गरेका सुनिल कुमार साहको लगेज एयरलाइन्सका कर्मचारीले फुटाइदिएका हुन् । 

आफ्नो भर्खर किनेको नयाँ लगेज एयरलाइन्स कर्मचारीको लापरवाहीले फुटेको साहको आरोप छ । 

‘लगेजको वेट बढी थियो । कर्मचारीले जबरजस्ती ह्यान्डल समातेर लापरवाही तरिकाले उठाउँदा ह्यान्डल नै भाँचिदिए ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै साहले भने, ‘मेरै आँखा अगाडि लगेज फुटाइदिए । मैले भिडियो बनाएपछि माफी मागे ।’ 

साहका अनुसार सुरुमा आफ्नो गल्ती नभएको दाबी गर्ने एयरलाइन्सका ती कर्मचारीले पछि माफी माग्दै क्षतिपूर्ति दिने बताएका थिए । 

‘मैले क्षतिपूर्ति मागेपछि लगेज फुटाउने कर्मचारीले क्षतिपूर्ति दिन्छौँ भने र मलाई काठमाडौँ कार्गो अफिसमा जान भनियो ।’, उनले भने, ‘तर काठमाडौँ कार्गो अफिस जाँदा कम्पनीले लगेज पहिले नै फुटेको थियो भन्दै क्षतिपूर्ति नदिई फर्काइदियो ।’

यसो त लगेज फुटेपछि साहले एयरपोर्टमै बनाएको भिडियोमा पनि एयरलाइन्सका कर्मचारीले माफी माग्दै ‘क्षतिपूर्ति दिन्छौँ’ भनेको प्रष्ट सुनिन्छ । तर कर्मचारीले गल्ती स्वीकारेर क्षतिपूर्ति दिन्छौँ भने पनि कम्पनीले भने क्षतिपूर्ति दिन नमानेको साहको आरोप छ । उनले श्री एयरलाइन्सले आफ्नो लगेज फुटाइदिएको र क्षतिपूर्ति समेत नदिएको भन्दै आक्रोश पोखेका छन् । 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK