Skip to content
LAXMI SUNRISE BANK

यात्रुलाई दुःख दिएको आरोपमा तीन जना पक्राउ

अर्थ सरोकार

काठमाडौँ । यात्रुलाई दुःख दिएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका-१ का ४३ वर्षीय विशाल कुमार जैसवाल, भारतीय नागरिक ४२ वर्षीय रन्जन कुमार र सिरहाका ५१ वर्षीय राम कलेवर यादव रहेका छन् ।

उनीहरुलाई सार्वजनिक यातायातका यात्रुलाई दुःख दिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई अभद्र व्यवहारको कसुरमा ३ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK