Skip to content
LAXMI SUNRISE BANK

‘एक्सन’मा ट्राफिक प्रहरीः दशैँ सुरु भएदेखि रक्सी खाएर सवारी चलाउने ६ सय ६३ जनालाई कारवाही

अर्थ सरोकार

काठमाडौँ । दशैँमा रक्सी खाएर सवारी साधन चलाउने ६ सय बढी कारवाहीमा परेका छन् । ट्राफिक प्रहरीले हालसम्म काठमाडौँमा ६ सय ६३ जनालाई कारवाही गरेको हो ।

उनीहरु सबैलाई दशैँ सुरु भएयता कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा केहीलाई पटके कारवाही गरिएको छ भने अधिकांशलाई पहिलो पटक कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । उनीहरुलाई कारवाही गरेर छोडिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK