बागलुङ । बागलुङ नगरपालिका-५ कुँडुले फेदी यतिबेला पहेँलपुर धानले निकै आकर्षक देखिएको छ । फाँटभर पहेँलै झुलेको धानले गाउँको सुन्दरतालाई थप बढाएको छ । जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेको कुँडुले अन्न भण्डारणका रुपमा चिनिन्छ ।
जिल्लामा धेरै धान फल्ने यस क्षेत्रमा असार अन्तिम साता रोपाइँ गरिएको थियो । यहाँका किसानले खुमल-४, खुमल-१०, पोखरेली जेठोबुढो, केही मार्सी र केही जडन जातको धान लगाएका छन् । यसपटक धान रोपाइँ ढिला भएकाले भित्र्याउने समय पनि पछि धकेलिएको छ ।
अहिले खेतमा धान झुलेको छ र किसानहरू तिहारलगत्तै धान भित्राउने योजनामा छन् । मौसम पूर्वानुमान महाशाखाले केही दिन भारी वर्षा हुने अनुमान सार्वजनिक गरेपछि धानका बालामा क्षति पुग्ने चिन्ता किसानलाई छ । किसानले अहिले धान खेतमा पलाएका घाँस हटाउने काम गरिरहेका छन् ।
कृषि ज्ञान केन्द्र बागलुङका अनुसार बागलुङमा यस वर्ष कुल ५ हजार ६ सय बढी हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । गत वर्ष जिल्लाभर २० हजार ७८४ मेट्रिकटन धान उत्पादन भएको थियो । बागलुङमा ४६ हजार हेक्टर खेतीयोग्य जमिन रहेकोमा करिब पाँच हजार ७ सय हेक्टरमा धान लगाउने गरिएको छ । बागलुङमा धानभन्दा मकै, कोदो, गहुँ खेती धेरै हुन्छ ।
यस वर्ष भारी वर्षाका कारण उत्पादनमा गिरावट आउन सक्ने किसानको आँकलन छ । धान पसाउन लाग्दादेखि वर्षाका कारण बालामा कालो ढुसी लाग्दा उत्पादनमा गिरावट आउने देखिएको उनीको भनाइ छ । अघिल्लो वर्ष जरा कुहिने प्रकोप र यस वर्ष ढुसीका कारण धान उत्पादनमा कमी आउने देखिएको छ । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्