काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान (टियु क्रिकेट मैदान) मा ‘अनस्टल इसेवा अभियान’ सुरु भएको छ । टिकट बुकिङमा इसेवाले घोटाला गरेको भन्दै क्रिकेटप्रेमीहरुले टियु क्रिकेट मैदानबाट ‘अनस्टल इसेवा अभियान’ चलाएका हुन् ।
इसेवाले शनिबार हुने सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको फाइनल खेलको टिकट बिक्री शुक्रबार दिउँसो १ बजे खुला गरेको थियो ।
तर, टिकट बिक्री खुला भए पनि टिकट बुक गर्न नपाउँदै इसेवामा सबै टिकट ‘सोल्ड आउट’ भएको थियो । टिकट खरिद गर्दा क्लिक नहुने र ‘टिकट बाई’ गर्न नपाउँदै टिकट सोल्ड आउट भएपछि आक्रोशित युवाहरुको भीड त्रिवि क्रिकेट मैदान पुगेको थियो ।
उक्त भीडले ‘चोर इसेवा’ भन्दै चर्को नारा लगाएको थियो । लगत्तै उनीहरुले टियु क्रिकेट मैदानबाट ‘अनस्टल इसेवा’ अभियान चलाएका छन् ।
एकैटपटक हजारौँको संख्यामा इसेवा अनस्टल हुन थालेपछि इसेवाको रेटिङ समेत बिग्रिन थालेको छ । यता चौतर्फी विरोध र प्रदर्शन हुन थालेपछि इसेवा बोर्डले आकस्मिक बैठक बोलाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्