Skip to content
LAXMI SUNRISE BANK

चाडपर्वलाई ध्यान दिँदै पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय, निगमलाई पाक्षिक १ अर्ब ६२ करोड घाटा !

अर्थ सरोकार

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । चाडपर्व र उपभोक्ताको हितलाई ध्यान दिँदै निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको हो । 

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य प्राप्त भए पनि मूल्य यथावत् राख्ने निर्णय गरिएको निगमले जनाएको छ । 

निगमले मध्यपूर्वमा जारी युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेकोले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन हुन नसकेको पनि स्पष्ट पारेको छ । 

सोही विज्ञप्तिमार्फत पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको जानकारी दिँदै निगमले हालको स्थितिमा निगमलाई पाक्षिक १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने जनाएको छ । यस्तो छ निगमको विज्ञप्ति:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK