Skip to content
LAXMI SUNRISE BANK

इसेवाको घोटाला बाहिरिएपछि फाइनल खेलमा थप सुरक्षाकर्मी खटाउने क्रिकेट संघको तयारी !

अर्थ सरोकार

काठमाडौँ । बुकिङ्ग खुला नै नभई सबै टिकट सोल्ड आउट भएपछि स्क्यामरले टिकट किनेको खुलासासँगै सम्भावित दुर्घटनालाई रोक्न फाइनल खेलमा थप सुरक्षाकर्मी खटाउने तयारी क्रिकेट संघले गरेको छ । इसेवामा बुकिङ्ग खुला नै नभई टिकट सोल्ड आउट भएको तथ्य बाहिरिएपछि सम्भावित दुर्घटनालाई ख्याल गर्दै यस्तो तयारी गरिएको हो । क्रिकेट संघका अधिकारीले थप सुरक्षाकर्मी खटाउने तयारी भएको र इसेवामा भएको घोटालाबारे आवश्यक छानविन गर्ने बताएका छन् ।

इसेवाको बदमासी छताछुल्ल भएपछि क्रिकेटप्रेमीहरुले टीयु ग्राउण्डमै ‘इसेवा चोर मुर्दाबाद’ लगायतका नारा लगाएका छन् । आक्रोशित भिडलाई सम्झाउन प्रहरीलाई नै हम्मेहम्मे परेको छ ।

यता इसेवाले सम्भावित तोडफोडबाट जोगिन प्रहरीसँग सुरक्षाको माग गर्ने विषयमा छलफल गरेको छ । धेरैजसो आन्तरिक बैठक सीइओलाई नै थाहा नै नदिई भईरहेकोसमेत इसेवाका कर्मचारीहरुले जनाएका छन् ।

इसेवाले ८५ लाख हाराहारीमा टिकटिङको जिम्मा पाएको एनपीएलमा यसअघि पनि इसेवा घोटालामा संलग्न भएको चर्चा थियो । यसपटक भने बुकिङ्ग खुल्नुअघि नै टिकट सोल्ड आउट भएपछि इसेवाको घोटालाको पोल खुलेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK