Skip to content
LAXMI SUNRISE BANK

असोज महिनामा मात्र नेपाल भित्रियो २ खर्ब ६७ अर्ब रेमिट्यान्स

अर्थ सरोकार

काठमाडौँ । असोज महिनामा मात्र साढे २ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षका असोज महिनामा मात्र नेपालमा २ खर्ब ६७ अर्ब ३४ करोड रेमिट्यान्स भित्रिएको हो ।

चालु आर्थिक वर्षको असोजमा भित्रिएको रेमिट्यान्स गत आर्थिक वर्षको असोज महिनाको तुलनामा ३५.४ प्रतिशत धेरै हो । 

असोजमा अमेरिकी डलरमा रेमिट्यान्स १६.७ प्रतिशतले बढेर ४ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । सोही अवधिमा खुद ट्रान्सफर ७ खर्ब ६२ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । 

समीक्षा अवधि (असोज महिना)मा १ लाख २१ हजार ८ सय ७९ जना नेपालीले नयाँ श्रम स्वीकृति लिएका छन् भने ८२ हजार ३ सय ६९ जनाले पुनः श्रम स्वीकृति लिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK