Skip to content
LAXMI SUNRISE BANK

एनपिएलमा आज दुई खेल हुँदै, लुम्बिनीसँग जनकपुर र विराटनगरसँग काठमाडौँ भिड्दै

अर्थ सरोकार

काठमाडौँ । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदानमा मध्याह्न १२ बजे र साँझ ५ बजे गरी दुई खेल हुँदैछन् । 

१२ बजे हुने पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्स प्रतिस्पर्धामा उत्रनेछन् ।

लुम्बिनी जितको लय कायम राख्दै शीर्ष स्थान सुरक्षित गर्न चाहन्छ भने जनकपुर पछिल्लो हारको निराशा बिर्सेर पुनरागमन गर्ने योजनामा छ ।

साँझ ५ हुने दोस्रो खेलमा काठमाडौँ गोर्खाजले विराटनगर किङ्ग्सको सामना गर्नेछ । काठमाडौँ र विराटनगर पनि जित हासिल गर्दै आफ्नो दाबेदारी बलियो बनाउने लक्ष्यमा हुनेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK