काठमाडौँ । महालक्ष्मी विकास बैंकले ७.१८ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सञ्चालक समितिको ६५७औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई सो लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले घोषणा गरेको ७.१८ प्रतिशत लाभांशमध्ये ३.४० प्रतिशत बोनस सेयर र ३.७८ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ ।
बैंकको कुल चुक्ता पूँजी (४ अर्ब ५१ करोड १२ लाख ८१ हजार ६५ रुपैयाँ ९० पैसा) अनुसार बैंकले १५ करोड ६९ लाख १७ हजार ३ सय ९९ रुपैयाँ ४४ पैसा बराबरको बोनस सेयर वितरण गर्नेछ ।
त्यस्तै, १७ करोड ५ लाख २६ हजार ४ सय २४ रुपैयाँ २९ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव बैंकले गरेको छ । बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति र २५औँ वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीमा वितरण गरिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्