Skip to content
LAXMI SUNRISE BANK

काम गर्न नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल तोड्ने मन्त्री लम्सालको चेतावनी !

अर्थ सरोकार

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौँ-तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा ढिलाइ गर्ने तथा संशोधित कार्यतालिका अनुसार काम गर्न नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्द गर्ने बताएका छन् । काठमाडौँ तराई मधेस द्रुतमार्ग आयोजनाको महादेवटार सुरुङ ब्रेक थ्रु कार्यक्रममा उनले फास्ट ट्र्याक निर्माणका क्रममा केही निर्माण कम्पनीको कमजोर कार्यसम्पादनका कारण समग्र आयोजना आलोचनामा परेको हुन् ।

मन्त्री लम्सालले अब कुनैपनि निर्माण कम्पनीलाई थप समय र सुविधा दिएर आयोजना लम्ब्याउने पक्षमा सरकार नरहेको स्पष्ट पारेका छन् । उनका अनुसार प्याकेज नम्बर ९ ए, ९बी, ८बी लगायतका केही प्याकेजमा निर्माण व्यवसायीको कार्यसम्पादन सन्तोषजनक छैन । 

पटक-पटक चेतावनी, ताकेता, स्थलगत अनुगमन तथा पत्राचार गर्दा पनि निर्माण कम्पनीहरूले आफ्नै प्रतिवद्धता अनुसार काम गर्न नसकेको उनको भनाइ छ । काठमाडौँस्थित आयोजनाको प्रारम्भिक बिन्दुमा रहेका केही समस्या पनि छिट्टै समाधान गरिने मन्त्री लम्सालले बताए । ती समस्या समाधान भएपछि रद्द गरिने ठेक्कासँगै बाँकी कामका लागि पुनः टेण्डर आह्वान गरिने उनको भनाइ छ । 

त्यस्तै, मन्त्री लम्सालले फास्ट ट्र्याक निर्माणमा देखिएका चुनौतीबारे आम नागरिक तथा सञ्चारकर्मीलाई पर्याप्त जानकारी नभएको पनि बताए । आयोजना सुरु हुँदा कार्यान्वयनका लागि आवश्यक उपयुक्त कानूनी व्यवस्था नै नरहेको अवस्थामा पनि नेपाली सेनाले निर्माण कार्यलाई तिव्र गतिमा अघि बढाएको उनको भनाइ छ । उनले फास्ट ट्र्याकमा हालै भएको सुरुङमार्गको ब्रेक थ्रुलाई महत्वपूर्ण उपलब्धि भएको भन्दै उक्त सुरुङ नेपालको सबैभन्दा लामो सडक सुरुङ भएको बताएका छन् ।

फास्ट ट्र्याकलाई सडक निर्माणमा मात्र सीमित नराखी नेपाली प्राविधिक जनशक्ति उत्पादन र अनुभव अभिवृद्धिको महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने मन्त्री लम्सालको भनाई छ । आयोजनामा काम गरिरहेका नेपाली इन्जिनियर, परामर्शदाता, सुपरभाइजर तथा नेपाली सेनाका प्राविधिक जनशक्ति भविष्यका ठूला पूर्वाधार आयोजनाका लागि देशकै महत्वपूर्ण सम्पत्ति बन्ने उनको भनाई छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK