Skip to content
LAXMI SUNRISE BANK

बिहीबार १२.९५ अंकले घट्यो नेप्से परिसूचक, बजार २६५२.५८ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको चोथो दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबार नेप्से परिसूचक १२.९५ अंकले घटेर २६५२.५८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४९ कम्पनीको १ करोड २३ लाख ७३ हजार ८४१ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ७२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको १८ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा कुमारी सबल योजनाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस  कम्पनीको सेयर मूल्य २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, १०.२५% केबिएल डिबेन्चर २०८६का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK