काठमाडौँ । क्यानडाका युवा ब्याटर युवराज सिंह साम्राले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण खेल्ने भएका छन् । उनलाई पोखरा एभेन्जर्सले अनुबन्ध गरेको हो ।
पोखराले सामाजिक सञ्जालमार्फत साम्रालाई टोलीमा स्वागत गर्दै लेखेको छ, ‘युवराज सिंह साम्रा अब एभेन्जर्समा जोडिएका छन् । स्वागत छ, युवराज ।’
१९ वर्षीय साम्रा बायाँहाते ओपनिङ ब्याटर हुन् । आक्रामक ब्याटिङका लागि परिचित उनले सन् २०२६ को आइसिसी टी–२० विश्वकपमा न्यूजील्यान्डविरुद्ध ऐतिहासिक शतकीय पारी खेलेका थिए ।
उनले ६५ बलमा ११० रन बनाएका थिए । यससँगै युवराज टी–२० विश्वकपमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए ।
उनले हालसम्म १९ एकदिवसीय अन्तरराष्ट्रिय खेलमा ४९५ रन बनाएका छन् । यसक्रममा युवराजले एक शतक र तीन अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै, २० टी–२० अन्तरराष्ट्रिय खेलमा उनले ५८६ रन बनाएका छन् । टी–२० अन्तरराष्ट्रियमा उनको उच्चतम स्कोर ११० रन हो ।
हालसम्म युवराजले व्यावसायिक क्रिकेटका रूपमा ग्लोबल क्यानडा लिग र युरोपियन टी–२० प्रिमियर लिग खेलेका छन् । विदेशी लिगको रूपमा एनपिएल उनका लागि पहिलो हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्