Skip to content
LAXMI SUNRISE BANK

बुधबार ११.०५ अंकले घट्यो नेप्से परिसूचक, बजार २६२५.०५ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक ११.०५ अंकले घटेर २६२५.०५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४७ कम्पनीको १ करोड १ लाख ६२ हजार ६०५ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब १५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार रिलायन्स स्पिनिङस मिल्सको भएको छ । यस कम्पनीको ३२ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK