काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा ‘अनलाइन’मार्फत सट्टेबाजी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजस्थान राज्यको श्रीगङ्गानगर जिल्ला घर भई हाल काठमाडौँ महानगरपालिका-१७, ठमेलमा बस्दै आएका ३५ वर्षीय रोहित पथरिया रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी एनपिएलका खेलमा अनलाइनमार्फत सट्टेबाजी भइरहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले पथरियासँग रहेका दुई थान मोबाइल फोन जाँच गर्दा उनले अनलाइन ‘बेटिङ साइट’मार्फत क्रिकेट खेलमा पटक-पटक सट्टेबाजी गरेको पाइएको जानकारी दिएका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा पथरियाले बेटिङ साइट प्रयोग गरी एनपिएलका खेलमा पटक-पटक गरी रु आठ लाख ७५ हजार ४० बराबरको कारोबार गरेको खुलेको छ ।
पक्राउ परेका पथरियालाई मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद-५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्