×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सबैको लघुवित्तको नाफामा २३१.६७ प्रतिशतको छलाङ, प्रतिसेयर आम्दानी पनि ३७ रुपैयाँले बढ्यो (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सबैको लघुवित्तको नाफामा २३१.६७ प्रतिशतको छलाङ, प्रतिसेयर आम्दानी पनि ३७ रुपैयाँले बढ्यो (विवरणसहित)

Artha Sarokar

१३ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा नाफामा २३१.६७% को छलाङ मारेको छ ।  अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ३ करोड ४४ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएकोमा यस अवधिमा ११ करोड ४६ लाख १६ हजार रुपैयाँ कमाएको हो ।
कम्पनीको नाफासहित अन्य सूचकमा पनि आकर्षक वृद्धि भएको छ । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले पनि नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी ४८.९७% र सञ्चालन नाफा १७६.६२% ले बढेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ ।
यस्तै यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी पनि ३७ रुपैयाँले बढेर ५५ रुपैयाँ ४९ पैसा (वार्षिक) पुगेको छ भने प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ १३ पैसा छ । असार मसान्तसम्म आइपुग्दा यस कम्पनीले ३ करोड १ लाख १७ हजार रुपैयाँ राइट ब्याक गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी