
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिद्धार्थ बैंक र नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा आज हुँदैछ । सिद्धार्थको सभा अम्रपाली ब्यांकेट, बालुवाटारमा ११ बजे सुरु हुनेछ । बैंकले ले १५% लाभांश प्रस्ताव पारित गर्न आज वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत वर्षको नाफाबाट १२% बोनस सेयर र ३% नगद गरी कुल १५% लाभांश दिने प्रस्ताव सभामा पेश गर्नेछ । यस्तै, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन प्रक्रियामा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव छ । पुस २७ गतेसम्म कायम रहेका सेयरधनीले बैंकको लाभांश पाउनेछन् ।
यता नारायणी डेभलपमेन्ट बैंकले पनि पुनः २००% हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित आज वार्षिक साधारणसभा बोलाएको छ । बैंकले हालै धितोपत्र बोर्डले अनुमति दिएको १००% हकप्रद बिक्रीपछि कायम हुने १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ चुक्ता पुँजीमा १ः२ अनुपातमा (२००%) पुनः हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्न लागेको हो । बैंकको सभा स्टार ब्यांकेट रत्ननगर, चितवनमा दिउँसो १ बजे सुरु गर्नेछ । वार्षिक साधारण सभा प्रयोजनका लागि बैंकले पुस २९ गते बुक क्लोज गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्