×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निफ्राको आईपीओको प्रि-अलोटमेन्ट सम्पन्न, ५० कित्तासम्म आवेदन गर्नेले मागे जति पाउने, भाग्यमानीलाई ६० कित्ता !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

निफ्राको आईपीओको प्रि-अलोटमेन्ट सम्पन्न, ५० कित्तासम्म आवेदन गर्नेले मागे जति पाउने, भाग्यमानीलाई ६० कित्ता !

Artha Sarokar

१४ माघ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आईपीओको प्रि-अलोटमेन्ट आज सम्पन्न भएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले बैंकको आईपीओको प्रि-अलोटमेन्ट आज सम्पन्न भएको जनाएको हो । क्यापिटलले आईपीओको बाँडफाँड भने आगामी शुक्रबार गर्ने जनाएको छ ।
क्यापिटलका अनुसार बैंककाे आईपीओ भर्ने आवेदकले न्युनतम ५० कित्ता र भाग्यमानीले अधिकतम ६० कित्ताकाे दरले सेयर पाउनेछन् । ५० भन्दा कम वा ५० कित्तासम्म माग गर्ने सबैले मागे जति बैंकको सेयर पाउने भएका छन् भने ६० कित्ताभन्दा बढी माग गर्ने आवेदकलाई बाँकी रहेकाे सेयर गाेलाप्रथाबाट थप १०/१० कित्ताकाे दरले बाँडफाँड गरिने क्यापिटलले जानकारी दिएको छ ।
 
बैंकले माघ २ गतेदेखि ८ करोड कित्ता सेयर अर्थात कूल ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेकाे थियाे । जसमा कूल १५ लाख ५० हजार ३२५ आवेदकले कूल १८ कराेड ३४ लाख कित्ता सेयर अर्थात १८ अर्ब ३४ करोड रूपैयाँ बराबरकाे आवेदन दिएका छन् । जुन कम्पनीले सर्वसाधारणमा माग गरेकाे भन्दा २.४१ गुणा बढी आवेदन हाे । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी