
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कामना सेवा विकास बैंकले माघ २२ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको १० लाख इकाई ऋणपत्र बिक्रीमा ल्याउने भएको छ । बैंकले १० वर्ष अवधिको ‘कामना सेवा विकास बैंक डिबेन्चर २०८७ ’ नाममा ऋणपत्र बिक्री गर्न लागेको हो ।
कुल १० लाख इकाई ऋणपत्रमध्ये ४ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् भने ६ लाख इकाई ऋणपत्र बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्नेछ । जसमा वार्षिक ९.५% ब्याज पाइनेछ । बैंकको ऋणपत्र बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ ।
लगानीकर्ताले माघ २६ गतेसम्म आवेदन दिन पाउनेछन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा फागुन ११ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ भने ऋणपत्र सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्