×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुद्धभूमि नेपाल हाइड्रोपावरले १२ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने, नेपाल माग्यो धितोपत्र बोर्डसँग अनुमति

PRIME CA

बुद्धभूमि नेपाल हाइड्रोपावरले १२ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने, नेपाल माग्यो धितोपत्र बोर्डसँग अनुमति

१३ माघ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई बिक्री गर्ने गरी जारीको अनुमति मागेको हो । प्रतिकित्ता १०० रुपैयाँको दरले आईपीओ बिक्रीको काम सिभिल क्यापिटल मार्केटले गर्नेछ ।
रेटिङ एजेन्सी इक्रा नेपालले बुद्धभूमिको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ । यसले ४.९९३ मेगावटको लोवर टाडी खोला हाइड्रोपावर आयोजना नुवाकोट जिल्लामा निर्माण गरिरहेको छ । पहिलो चरणमा नुवाकोटका आयोजना प्रभावित स्थानीय र दोस्रो चरणमा सर्वसाधारणलाई आइपीओ बिक्री हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: