×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकनै गैरकानुनी धन्दामा, छानविन गरी कारवाही गर्न इम्शनको माग (विज्ञप्तिसहित)

PRIME CA

राष्ट्र बैंकनै गैरकानुनी धन्दामा, छानविन गरी कारवाही गर्न इम्शनको माग (विज्ञप्तिसहित)

२९ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सार्वजनिक नहुँदै मौद्रिक नीतिको ड्राफ्ट अमुक व्यक्तिका हात-हातमा पुगेको भन्दै आर्थिक आर्थिक मिडियाहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन) ले विरोध जनाएको छ । इम्शनले एक विज्ञप्ति जारी गर्दै मौद्रिक नीति चुहाएप्रति विरोध जनाएको हो ।
आज सार्वजनिक हुन लागेको आर्थिक वर्ष ७८/७९ मौद्रिक नीति सार्वजनिक हुनु अगावै संचालकले सो नीति चुहाएका हुन् । संचालकको यस्तो कदम नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ३८ को उपदफा १ विपरित रहेको छ । उक्त दफा अनुसार राष्ट्र बैंकका संचालकले पदीय रुपमा काम गर्दा प्राप्त हुन आएको कुनै प्रकाशित वा अप्रकाशित गोप्य जानकारी वा सूचना अरुलाई दिन वा सोको भेद खोल्नु हुँदैन ।
तर राष्ट्र बैंकले संचालकले आफ्नो पदीय मर्यादा विर्सदै मौद्रिक नीतिको विषयवस्तु नै केहि संचारमाध्यमलाई उपलब्ध गराएका हुन् । यद्यपि राष्ट्र बैंकमा रहेका कुन संचालकले सूचना चुहाएको भन्ने खुलेको छैन । संचालकमा गभर्नर महाप्रसाद अधिकारी, अर्थ मन्त्रालयका सचिव मध्य कुमार मरासिनी , डेपुटी गभर्नरहरु निलम ढुंगाना र बम बहादुर मिश्र, तथा अन्य सदस्यको रुपमा श्री राम पौडेल, रामजी रेग्मी, र डा. सुवोध कुमार कर्ण रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: