Skip to content
LAXMI SUNRISE BANK

प्रोग्रेशिभ फाइनान्सको नयाँ शाखा जीतपुरसिमरामा, स्थानीय जनताको घरदैलोमा वित्तीय सेवाहरु उपलब्ध गराउने प्रतिबद्धता

अर्थ सरोकार

जीतपुर । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले प्रदेश नं २ को जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २ मा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो । वित्तीय संस्थाको शाखा कार्यालय थप भएपछि १४ वटा शाखाहरु तथा ५ वटा एक्सटेन्शन काउन्टरमार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह हुने भएको छन् । यस फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु उक्त नयाँ शाखाबाट समेत प्रवाह गरिनेछ ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले कोभिड-१९ को महामारीका बीच स्थापना गरिएको नयाँ शाखाले जीतपुरसिमरा नगर क्षेत्र सहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा बसोबास गर्ने स्थानीय जनताको घरदैलोमा नै पुग्ने गरी उच्चतम प्रविधिको उपयोगद्वारा निक्षेप संकलन तथा कर्जा प्रवाह लगायतका वित्तीय सेवाहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डिजिटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ । फाइनान्सले केही दिन भित्र नै देशका प्रमुख शहर तथा शहरोन्मुख क्षेत्रहरुमा थप २ वटा शाखाहरु तथा एक विस्तारित काउन्टर स्थापना गरी कारोबार सञ्चालन गर्ने तयारी समेत गरिसकेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK