Skip to content
LAXMI SUNRISE BANK

स्युचाटारको १ घरबाट सुनका गरगहना चोरेको आरोपमा २ जना पक्राउ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सुनका गरगहना लुटपाटमा संलग्‍न रहेको आरोपमा २ जना पक्राउ परेका छन् । दरबारमार्गस्थित आधिँखोला दोहोरी साँझमा काम गर्ने बझाङको जयपृथ्वी नगरपालिका–१ घर भएका सुनिलबहादुर सिंह र दोहोरी साँझमा चालकको काम गर्ने सिन्धुपाल्चोक साँगा चोकगढी घर भएका कृष्णबहादुर श्रेष्ठ सो आरोपमा पक्राउ परेका हुन् ।
काठमाडौंस्थित स्युचाटारको एक घरमा माघ १० गते राति धनमाल लुटपाट भएको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्‍न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी उनीहरूबाट करिब सवा ३ तोलाको १ थान सुनको सिक्री, करिब २ तोलाको १ थान सुनको औठी, हात्तीको पुच्छर भएको करिब साढे १ तोलाको १ थान सुनको ब्रासलेट र उक्त दोहोरी साँझको बा.३ च ६६४९ नम्बरको मारुती कार प्रहरीले बरामद गरेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK