- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । माघ १३ गते अर्थात आजदेखि नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद सेयर खुला भएको छ । बैंकले १ सय अंकित मूल्यमा चुक्ता पूँजीको १ः१ अनुपातमा ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।
बैंकले हकप्रद बिक्रीका लागि पुस २९ गते बुक क्लोज गरिसकेको छ । पुस २८ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । हकप्रद सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई तोकिएको छ ।
हकप्रदमा लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय जमल, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय तथा शाखा कार्यालयहरु, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन् । हकप्रदमा फागुन ३ गतेसम्म आवेदन दिन सकिनेछ ।