Skip to content
LAXMI SUNRISE BANK

नेपाल बङ्गलादेश बैंकको ९औं विस्तारित सेवा केन्द्र ढुङ्गेपाटनमा, छरिएर रहेको पुँजिलाई एकीकृत गर्न सघाउ पुर्याउने उद्देश्य

अर्थ सरोकार

पोखरा । नेपाल बङ्गलादेश बैंकले नयाँ विस्तारित सेवा केन्द संचालनमा ल्याएको छ । बैंकले कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ३० खुदी ढुङ्गेपाटनमा आफ्नो ९औँ विस्तारित सेवा केन्द्र संचालनमा ल्याएको हो । उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन पोखरा महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष श्रीराम पोखरेलले गरेका हुन् । पोखरा महानगरपालिकामा खोलिएको यस बिस्तारित सेवा केन्द्रले महानगरपालिकाको वार्ड नम्बर २९, ३०, ३१, ३२ तथा ३३ मा वित्तीय पहुँच पुर्याई हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पर्याउने उद्देश्यका साथ बैंकले आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

उक्त बिस्तारित सेवा केन्द पोखरा बिश्वविद्यालय हाता नजिकै खोलिएकाले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकवर्ग पनि लाभान्वित हुने बिश्वास बैंकले लिएको छ । यस बिस्तारित सेवा केन्द्रबाट यस भेगमा छरिएर रहेको पुँजिलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै विदेशवाट प्राप्त हुने रेमिटान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोबारका लागि लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षा लगायत नेपाल सरकारबाट बैंकिङ प्रणाली मार्फत प्राप्त हुने सम्पुर्ण सेवाहरू सजिलै प्राप्त गर्ने, शिक्षक एवं कर्मचारीहरुको तलबी खाता सञ्चालन गर्न सहज हुने लगायतका सुविधाहरू सहजै प्राप्त हुने बैंकले जानकारी गराएको छ । ‘सबैका लागि बैंक’ भन्ने मूल उद्देश्य सहित स्थापनाको २७औँ वर्ष पूरा गरेको नेपाल बङ्गलादेश बैंकले आफ्ना १०० शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK