काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आइपीओको ‘प्रि-अलोटमेन्ट’ आज बिहिबार हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङले आज अपरान्ह ३ बजे कम्पनीको आइपीओको ‘प्रि-अलोटमेन्ट’ को तयारी गरेको हो ।
बिक्री प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङले डाटा भेरिफिकेसनको काम आजसम्म सम्पन्न भएसँगै प्रि–अलोटमेन्ट आज ३ बजे गर्ने तयारी रहेको जानकारी दिएको हो । यस्तै सिडिएस र बोर्डको अनुमति भएसँगै अर्को सातासम्म बाँडफाँड सम्पन्न गरिने तयारी भएको पनि क्यापिटलले जनाएको छ ।
मानुषीले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।