×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकारकर्मी श्रेष्ठमाथि दुर्व्यवहार गर्ने मालपोतका प्रमुख केसीविरुद्ध प्रहरीमा उजुरी (उजुरीपत्रसहित)

PRIME CA

अर्थ सरोकारकर्मी श्रेष्ठमाथि दुर्व्यवहार गर्ने मालपोतका प्रमुख केसीविरुद्ध प्रहरीमा उजुरी (उजुरीपत्रसहित)

अर्थ सरोकार

१२ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
कैलाली । मालपोत कार्यालय कैलालीका प्रमुख सुरेन्द्र केसीविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ । अर्थ सरोकार डटकमका सुदूरपश्चिम ब्युरो संयोजक सुदर्शन श्रेष्ठले आफुमाथि दुर्व्यवहार, हातपात र हतोत्साहित गर्ने कार्य भएको भन्दै केसीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनगढी, कैलालीमा उजुरी दर्ता गरेका हुन् । 
मालपोत कार्यालय कैलालीमा भएको बेतिथिबारे समाचार संकलन गर्न गएका श्रेष्ठमाथि आइतबार कार्यालयका प्रमुख केसीले दुर्व्यवहार र हातपातको प्रयास गरेका थिए । उनले गरेको दुर्व्यवहार र हातपातको प्रयासको चौतर्फी आलोचना भएको छ । 
विभिन्न पत्रकार संगठनहरुले यसको खुलेरै विरोध गरेका छन् । मालपोतमा कर्मचारीद्धारा मनपरी रुपमा आसेपासेलाई सुटुक्क सेवा दिईरहेको भन्ने सूचना पाएलगत्तै पत्रकार श्रेष्ठ मालपोत कार्यालयमा पुगेका थिए । कार्यालयमा भएको कमजोरी र कर्मचारीद्धारा भएको लापरवाहीको विषयमा कार्यालयका प्रमुख सुरेन्द्र केसीलाई प्रश्न गर्दा उनि एक्कासी जंगिए । सोहिक्रममा उनले पत्रकार श्रेष्ठको दुर्व्यवहार गर्दै अपशब्दसमेत प्रयोग गरेका थिए ।
उजुरीपत्र पत्रसहित :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: