×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा लाइफ इन्स्योरेन्स आइपिओ हितग्राही खातामा जम्मा, कति पाउला ओपनिङ्ग रेञ्ज ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सानिमा लाइफ इन्स्योरेन्स आइपिओ हितग्राही खातामा जम्मा, कति पाउला ओपनिङ्ग रेञ्ज ?

Artha Sarokar

१५ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएको छ । खातामा ‘एसएलआई’ सिम्बोलबाट कम्पनीको सेयर जम्मा भएको हो । खातामा सेयर गएसँगै कम्पनीले दोस्रो बजारमा कारोबारका लागि केहि दिनमै नेप्सेसँग सम्झौता गरी सूचिकृत गर्नेछ ।
सानिमाले साउन २० गतेदेखि २४ गतेसम्म आइपीओ खुला गरेको थियो । जसमा २४ लाख १९ हजार ८४८ जनाले आवेदन दिएका थिए । उनिहरुमध्ये भाग्यशाली ५ लाख ४० हजारले १०/१० कित्ता शेयर प्राप्त गरेका थिए । सर्वसाधारण समुह तर्फको ६० लाख कित्तामध्ये ५ प्रतिशत अर्थात तीन लाख कित्ता कर्मचारी र यतिनै बराबरको शेयर म्युचुअल फण्डलाई बाँडफाँड गरिएको छ । बाँकी रहेको ५४ लाख कित्ता आम सर्वसाधारणले प्राप्त गरेका हुन् ।
दोश्रो बजारमा हुने पहिलो सेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १०३ रुपैयाँ १७ पैसा र अधिकतम ३०९ रुपैयाँ ५१ पैसासम्म रेञ्ज पाउने सम्भावना छ । पहिलो कारोबारको लागि कम्पनीले किताबी मूल्यदेखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन । सानिमा लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष ७६/७७ को अपरिष्कृत वित्तीय विवरण भएकोले आर्थिक वर्ष ७५/७६ को किताबी मूल्य १०३ रुपैयाँ १७ पैसाको आधारमा रेञ्ज तय हुने सम्भावना छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी