×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबारको बजार अपडेट : नारायणीमा लगानी गर्नेले सर्वाधिक गुमाए, यी १० कम्पनीका लगानीकर्ता बने निराश !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बिहिबारको बजार अपडेट : नारायणीमा लगानी गर्नेले सर्वाधिक गुमाए, यी १० कम्पनीका लगानीकर्ता बने निराश !

Artha Sarokar

१७ भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ५०.२८ अंकले घटेर २९२६.७४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २३० कम्पनीको १ करोड ८९ लाख ९ हजार ९७६ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ५० करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ५७ करोड ४० लाख बढीको सेयर कारोबार भएको छ । आज बिहिबार सबै समूहका उपपरिसूचक घटेका छन् ।

यसैबीच बिहिबारको सेयर बजारमा नारायणी डेभलोपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ । नारायणी डेभलोपमेन्ट बैंकको सेयरमा यस्तो गिरावट आउँदा कर्पोरेट डेभलोपमेन्ट बैंक, अरुण काबेली पावर लगायतका कम्पनीहरुको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

बिहिबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावरको भएको छ । कम्पनीको ५७ करोड ४० लाख १२ हजार २९१ रुपैयाँ बराबरको कारोबार भएको छ । यस अलावा अपि पावर कम्पनी, न्याग्दी ग्रुप पावर, यूनाइटेड मोदी हाइड्रोपावर कम्पनी, हिमालयन डिस्टिलरी, डिप्रोक्स लघुवित्त वित्तीय संस्था, नेपाल बैंक, अरुण काबेली पावर, रिडी हाइड्रोपावर डेभलोपमेन्ट कम्पनी सेयर र नेपाल पुनर्बिमा कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहिबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यता बिहिबारको बजारमा सानिमा लाईफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले मनग्य पैसा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा सानिमा लाईफ सर्किट लागेको हो ।
यस अलावा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, चन्द्रागिरी हिल्स, खानिखोला हाइड्रोपावर लगायतका कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहिबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी