काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेपाल स्टक एक्स्चेन्जमा (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको १२ लाख कित्ता बोनस सेयर बिहिबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
सोही बोनस अहिले सूचीकरण गरिएको हो । बोनस वितरणपछि यसको चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ३० करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यसको प्रतिसेयर आम्दानी २७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २२४ रुपैयाँ ४७ पैसा रहेको छ ।