×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गम्भीर बिषयमा इन्भेष्टर्स फोरमको कच्चा काम, १७ गतेलाई १८ गते लेखेर संस्थाको राष्ट्रिय बदनाम !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गम्भीर बिषयमा इन्भेष्टर्स फोरमको कच्चा काम, १७ गतेलाई १८ गते लेखेर संस्थाको राष्ट्रिय बदनाम !

Artha Sarokar

१७ भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल इन्भेष्टर्स फोरमले शेयर धितो कर्जामा १२ करोडको सीमा तत्काल खारेज गर्न माग राखेर मन्त्रालयमा पुगेको खबर सार्वजनिक गर्ने क्रममा फोरमको कच्चा कामले उल्टै फोरम बदनाम भएको छ । अर्थमन्त्रीलाई ध्यानकर्षण गराउँदै फोरमले शेयर धितो कर्जाको सीमा खारेज गर्न माग गरेको थियो । तर १७ गते बुझाइएको भनिएको पत्रमा १८ गते भनेर मिति उल्लेख गरिएको छ । र सो पत्र १७ गते नै विभिन्न संचारमाध्यममासमेत छाईसकेको छ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति र एकीकृत निर्देशिकाले शेयर धितो कर्जाको सीमालाई १२ करोड रुपैयाँ सिमित गरेपछी अधिकांस ठुला लगानीकर्ता तनाबमा छन् । र साना लगानीकर्ताका पक्षमा सिंको पनि नभाँच्ने आरोप लागेको र ठुला लगानीकर्ताको संगठनका रुपमा चिनिएको सो संगठनका मान्छेहरुलाई नै सो १२ करोड काण्डले तनाव दिएको छ ।  उक्त १२ करोड रुपैयाँ पनि ३ वटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँको दरले मात्रै लिन पाउने व्यवस्था गरिएको छ । जसका कारण बजारमा उच्च विक्री प्रेसर देखिएको छ । यस्तो व्यवस्थाले गर्दा लगानीकर्ताहरुले शेयर बिक्री गरी ऋण चुक्ता गर्दा शेयर बजारमा प्रत्यक्ष दबाब सिर्जना भई विगत धेरै दिनदेखि शेयर बजारमा निरन्तर रुपमा गिरावट आएको फोरमले जनाएको छ । तर यसरी अर्थमन्त्रीलाई दिइएको पत्रमा फोरमले गरेको यस्तो गल्ती भने लाजमर्दो भएको चर्चा सुरु भईसकेको छ ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले विज्ञप्ति ड्राफ्ट गर्ने राजन लम्सालको गल्तीका कारण बाहिर गलत मितिको विज्ञप्ति गएको स्वीकारेका छन् । ‘हामीले बुझाएको १७ गते नै हो, हामीसँग ओसी पनि १७ गतेकै छ । तर राजनजीले गलत विज्ञप्ति सार्वजनिक गरिदिंदा गल्ती भएको हो ।’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी