
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ आज १० बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले उक्त कम्पनीको आईपीओ अहिले आफ्नै कार्यालयमा बाँडफाँट गर्न लागिएको जनाएको हो । आइपीओको प्रि अलोटमेन्ट भने हिजाे बुधबार नै गरिसकेको छ ।
कम्पनीको आइपीओमा कूल १२ लाख ११ हजार ११५ जना आवेदकले २ करोड २८ लाख २० हजार २१० कित्ता सेयरको लागि दिएकाे आवेदन रितपूर्वक रहेका छन् भने बाँकी ४० हजार बढी आवेदन रद्द भएका छन्। पुस २८ गतेसम्म निष्काशन भएकाे कम्पनीकाे आईपीओमा कुल १२ लाख ५१ हजार ९३८ जना आवेदकले २ करोड ४४ लाख २९ हजार ८४० कित्ता सेयर माग गरेका थिए ।
जुन कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा साढे १७ गुणा बढी हो । कम्पनीले सर्वसाधारणमा १३ लाख ९६ हजार २२ कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीको सेयर १ लाख ३९ हजार ६ सय २ जनाले १० कित्ता मात्र पाउनेछन् । भने बाँकी ११ लाख १२ हजार ३३६ जनाको हात खालि हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्