×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चन्द्रागिरी हिल्स लिमिटेडकाे १३ लाख ९६ हजार कित्ता आईपीओ बाँडफाँट हुँदै, ११ लाखबढीको हात खाली

PRIME CA

चन्द्रागिरी हिल्स लिमिटेडकाे १३ लाख ९६ हजार कित्ता आईपीओ बाँडफाँट हुँदै, ११ लाखबढीको हात खाली

९ माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ आज १० बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले उक्त कम्पनीको आईपीओ अहिले आफ्नै कार्यालयमा बाँडफाँट गर्न लागिएको जनाएको हो । आइपीओको प्रि अलोटमेन्ट भने हिजाे बुधबार नै गरिसकेको छ ।
कम्पनीको आइपीओमा कूल १२ लाख ११ हजार ११५ जना आवेदकले २ करोड २८ लाख २० हजार २१० कित्ता सेयरको लागि दिएकाे आवेदन रितपूर्वक रहेका छन् भने बाँकी ४० हजार बढी आवेदन रद्द भएका छन्। पुस २८ गतेसम्म निष्काशन भएकाे कम्पनीकाे आईपीओमा कुल १२ लाख ५१ हजार ९३८ जना आवेदकले २ करोड ४४ लाख २९ हजार ८४० कित्ता सेयर माग गरेका थिए ।
जुन कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा साढे १७ गुणा बढी हो । कम्पनीले सर्वसाधारणमा १३ लाख ९६ हजार २२ कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीको सेयर १ लाख ३९ हजार ६ सय २ जनाले १० कित्ता मात्र पाउनेछन् । भने बाँकी ११ लाख १२ हजार ३३६ जनाको हात खालि हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: