काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ०.२७ अंकले बढेर २९४७.७० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२६ कम्पनीको १ करोड ५६ लाख ८१ हजार १८४ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब २९ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको ६१ करोड ९३ लाख ५० हजार ७९३ रुपैयाँको सेयर कारोबार भएको हो । आज सोमबार ६ समूहका उप-परिसूचक घटेका छन् भने ७ समूहका उप-परिसूचक बढेका छन् ।
सोमबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । कम्पनीको ६१ करोड ९३ लाख ५० हजार ७९३ रुपैयाँको सेयर कारोबार भएको हो । यस अलावा यूनाइटेड मोदी हाईड्रोपावर कम्पनी, नेशनल हाईड्रोपावर कम्पनी, नबिल बैंक, अपि पावर कम्पनी, एनआइसी एशिया बैंकको सेयर पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा कालिका पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको हो । कालिकाको सेयरमा यस्तो गिरावट आउँदा रैर्याङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

सोमबारको बजारमा अजोड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । अजोडको सेयर मूल्यमा सर्किट लागेको छ । यस अलावा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, सानिमा लाइफ इन्स्योरेन्स, यूनाईटेड इदी मर्दी हाईड्रोपावर, एनआरएन इन्फ्राइस्टक्चर एण्ड डेभलपमेन्ट कम्पनी लगायतका कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्