×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइक्यानको अध्यक्षमा सिए युद्धराज ओली निर्विरोध निर्वाचित, उपाध्यक्षमा भाष्कर सिंह लाला पनि निर्विरोध

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आइक्यानको अध्यक्षमा सिए युद्धराज ओली निर्विरोध निर्वाचित, उपाध्यक्षमा भाष्कर सिंह लाला पनि निर्विरोध

Artha Sarokar

२९ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को अध्यक्षमा सिए युद्धराज ओली निर्विरोध निर्वाचित भएका छन् । हाल आइक्यानको उपाध्यक्ष रहेका ओलीले आउँदो शुक्रबार सपथ लिएपछि औपचारिक रुपमा अध्यक्षको कार्यभार सम्हाल्नेछन् । लामो समय प्राक्टिसमा रहेका ओलीले अवको झन्डै ९ महिना आइक्यानको नेतृत्व सम्हाल्नेछन् । निकै आशा गरिएका व्यक्तिका रुपमा परिचित ओलीको कार्यकालमा आइक्यानले नयाँ लय समात्ने आशा धेरैले गरेका छन् । उनको उपाध्यक्षका रुपमा भाष्कर सिंह लाला आइक्यानमा रहनेछन् । दुईको ट्युनिङ पनि राम्रो रहने धेरैको विश्लेषण छ ।
लामो समयदेखि अध्यापन क्षेत्रमासमेत क्रियाशील रहेका ओली हाल आइक्यानकै तर्फबाट नेपाल धितोपत्र बोर्डमासमेत संचालक छन् । अव उनको सर्टिफिकेट अफ प्राक्टिस भने केहि ९ महिनाका लागि सरेन्डर गर्नुपर्ने प्रावधान छ । अर्थात अवको ९ महिना उनले कुनै पनि कम्पनीमा लेखापरिक्षकको रुपमा हस्ताक्षर गर्न पाउने छैनन् ।
यता आइक्यानको उपाध्यक्ष पदमा सिए भाष्कर लाला निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन कार्यालयका अनुसार नवौं काउन्सिलको पहिलो उपाध्यक्षका रुपमा उनको मात्र उम्मेद्वारी परेपछि उनी निर्विरोध निर्वाचित भएका थिए । यसअघिका काउन्सिलमा थुप्रै पटक उपाध्यक्षको पदका लागि प्रयास गरेर पनि असफल भएका लाला अन्तत: यसपटक उपाध्यक्ष बनीछाडेका छन् । अवको झन्डै ९ महिनाका लागि उनी आइक्यानको उपाध्यक्षका रुपमा रहनेछन् भने त्यसपछि उनी आइक्यानको अध्यक्ष हुने छन् । लामो प्रयासपछी अन्तत: उनी आइक्यानको नेतृत्वमा पुगेका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी