काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १८.५४ अंकले घटेर २९२९.२८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२२ कम्पनीको १ करोड ६ लाख ३९ हजार ८२६ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब १९ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको २७ करोड ३ लाख ७० हजार ५२४ रुपैयाँको सेयर कारोबार भएको हो । आज सबै समूहका उप-परिसूचक घटेका छन् ।
मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । कम्पनीको २७ करोड ३ लाख ७० हजार ५२४ रुपैयाँको सेयर कारोबार भएको हो । यस अलावा रैर्याङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, यूनाइटेड मोदी हाईड्रोपावर कम्पनी, एनआइसी एशिया बैंक, नेशनल हाईड्रोपावर कम्पनी, अपि पावर कम्पनीको सेयर पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

मंगलबारको बजारमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । मनकामना लघुवित्तको सेयर मूल्यमा सर्किट लागेको छ । यस अलावा सानिमा लाइफ इन्स्योरेन्स, रैर्याङ हाईड्रोपावर डेभलपमेन्ट लगायत कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको हो । राष्ट्रिय बीमाको सेयरमा यस्तो गिरावट आउँदा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा पनि उच्च गिरावट देखिएको छ ।

मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । कम्पनीको २७ करोड ३ लाख ७० हजार ५२४ रुपैयाँको सेयर कारोबार भएको हो । यस अलावा रैर्याङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, यूनाइटेड मोदी हाईड्रोपावर कम्पनी, एनआइसी एशिया बैंक, नेशनल हाईड्रोपावर कम्पनी, अपि पावर कम्पनीको सेयर पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्